Breaking News

कम्युनिष्टले आफ्नो घरमा आगो लगाए,अव काँग्रेसले सानदार ढंगले सरकार चलाउछः गगन थापा

Banner

काठमाडौं,फागुन २१-

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा काँग्रेसले जित निकाल्ने र सानदार ढंगले ५ वर्ष सरकार चलाउने दावी गरेका छन् ।पार्टी  निकट संस्था नेपाल निजामती कर्मचारी युनियनको ८‍औं महाधिवेशनलाई उद्घाटन गर्दै महामन्त्री थापाले अबको ५ वर्ष काँग्रेसले आनन्दले सरकार संचालन गर्ने बताए ।

‘यस पटक सानदार ढंगले चुनाव जितेर ५ वर्ष कांग्रेसले सरकार चलाउँछ । नेकपाले आफ्नै घरमा आगो लगाएकाले कांग्रेसको काँधमा सरकार चलाउने र चुनाव गराउने जिम्मेवारी आएको हो,’ उनले भने, ‘म्यान्डेटअनुसार ५ वर्षसम्म सरकार चलाउन सकेन त्यसपछि हामीले सरकारको जिम्मा लिएको हौँ। नेपाली काँग्रेसले तत्कालीन नेकपाको सरकार नढलोस् भन्ने चाहँदा चाहँदै पनि उनीहरुले सरकार चलाउन नसकेको जिकिर गरे ।

उनले भने, ‘प्रदेश र संघमा नेकपाकै सरकार थियो । ५ वर्ष सरकार चलाउने जिम्मा लिएको थियो । तर नेकपाले चलाउन सकेन । उसले आफ्नै घरमा आगो लगायो।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>