चितवन विशेष
सेन्ट्रल कलेजका दुईसय बढि विद्यार्थी एकैपटक जे-सर्ट परिक्षा दिँदै

चितवन,फागुन २१-
सेन्ट्रल कलेजका दुईसय बढि विद्यार्थी एकैपटक जे-सर्ट परिक्षा दिएका छन् । उच्च शिक्षाका लागि जापान अध्ययन गर्न जान लागेका चितवन, पोखरा र बुटवलका विद्यार्थीले आज (शनिवार)परिक्षा दिएका हुन् ।
जे–सर्ट जापनिज भाषाको परिक्षा हो । सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययन,वकिङ्ग, र अन्य कामका लागि जापान जान चाहानेहरुका लागि भाषाका कक्षाहरु संचालन गरिरहेको छ । जापनिज भाषामा उत्कृष्ट नतिजा दिलाउनका लागि सेन्ट्रल कलेजले विद्यार्थीहरुलाई विभिन्न भाषा परीक्षाका लागि समेत प्रेरित गर्ने गरेको छ । जसका कारण सेन्ट्रल कलेजले सधैं उत्कृष्ट नतिजा हाँसिल गरिरहेको कलेजका प्रिन्सिपल यज्ञ विलास पौडेल (वाइबी) ले बताउनुभयो । उहाँले नेपालमा राम्रोसंग भाषा सिकेर जापान जाँदा अध्ययन राम्रो हुनुका साथै काम पनि सजिलै पाइने बताउनुभयो । सेन्ट्रल कलेजले बर्षेनी सयौं विद्यार्थीलाई जापान पठाउँदै आएको छ ।
जापान,अष्ट्रेलिया,क्यानडा लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्नका लागि सेन्ट्रल कलेजले विद्यार्थी पठाउँदै आएको छ । कोभिड कम हुँदै गएपछि जापान सरकारले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई आफ्नो देश लैजान थालेको छ । नेपालबाट पनि विद्यार्थीहरु जापान जाने क्रम सुरु भएको छ । नारायणगढ शहिदचोक, सौराहाचोक र कावासोती लगायतका सहरमा सेन्ट्रल कलेजका १० बढि शाखा रहेका छन् ।
जापान जान चाहाने विद्यार्थीका लागि जुलाई र अक्टोबर इन्टेक २०२२ का लागि भर्ना खुलेको प्रिन्सिपल पौडेलले जानकारी दिनुभयो ।



























