चितवन विशेष

गैंडा मारी खाग चोरी गरेको आरोपमा चितवनका एक जना पक्राउ

Banner

चितवन,फागुन २०-

चितवन राष्ट्रिय निकुञ्जमा गत असारमा गैंडा मारी खाग चोरी लगेको घटनामा संलग्न रही फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–२ घर भएका ४० वर्षीय राजन प्रजा छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई बनस्थलीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कानुनी कारबाहीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय पठाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>