Breaking News

एमसीसी पास भइसकेपछि पार्टीको धारणा सार्वजनिक गर्दै एमाले, आज तीनकुनेमा पत्रकार सम्मेलन

Banner

काठमाडौं, फागुन १७ –

नेकपा एमालेले एमसीसीबारे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएको छ ।

एमसीसीमा तटस्थ बसेको भन्दै अनेक आरोप खेपिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

पार्टीको धारणा सार्वजनिक गर्न आज दिउँसो १ बजे काठमाडौंको तीनकुनेस्थित रोयल बै‌ंक्वेटमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । यसअघि भक्तपुरको गठ्ठाघरमा गर्ने भनिएको पत्रकार सम्मेलनको स्थान परिवर्तन गरिएको एमाले जनाएको छ ।

एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमालेका आधिकारिक धारणाहरू सार्वजनिक हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>