चितवन विशेष

काठ चोरी गरेको आरोपमा भरतपुरबाट दुई जना पक्राउ

Banner

चितवन,फागुन १६-

भरतपुर महानगरपालिका–१६ बाट काठ चोरी गरेर बिक्री गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर–१६ का गणेश बुढाथोकीको घरबाट काठ चोरी गरेर राम रम्तेल नेपालीले सञ्चालन गरेको सिद्धार्थ फर्निचरमा बिक्री गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठ चोरी गरेर बिक्री गरेको अभियोगमा दुई जना पक्राउ गरिएको भए पनि उनीहरुको पहिचान भने प्रहरीले खुलाएको छैन । “काठ चोरी गरेर बिक्री गरेको अभियोगमा वडा प्रहरी कार्यालयले दुई जनालाई पक्राउ गरेको हो” जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले भन्नुभयो, “अनुसन्धानको क्रममा रहेकाले नाम सार्वजनिक गर्न मिल्दैन ।” स्रोतकाअनुसार काठ चोरी गरेको अभियोगमा प्रहरीले भरतपुर–१६ का २८ वर्षीय जंगबहादुर घले र २५ वर्षीय जीवन कमरलाई पक्राउ गरेको छ । त्यस्तै काठ चोरी गर्न सम्लग्न २० वर्षीय बेगम कमर र काठ उद्योग सञ्चालक राम रम्तेल नेपाली फरार छन् ।

पक्राउ परेका व्यक्तिहरुले बुढाथोकीको घरबाट सालको काठबाट निर्मित झ्यालको चौकोस चार थान चोरी गरेका थिए । उक्त चौकोसको बजार मूल्य ७० हजार रुपैयाँ पर्ने भए पनि उनीहरुले सिद्धार्थ फर्निचरलाई ३६ हजार रुपैयाँमा बिक्री गरेको बुझिएको छ । चोरीको काठ खरिद गर्ने सिद्धार्थ फर्निचरका राम रम्तेल नेपाली यस अघि पनि पटक पटक काठ मुद्दामा पक्राउ परेर धरौटीमा छुटेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>