Breaking News

चितवनमा बन्द : तीन सवारीमा आगजनीको प्रयास, ४ बन्दकर्ता पक्राउ

  • Logo
    app haru
  • १६ फाल्गुन २०७८, सोमबार
Banner

चितवन, फागुन १६ –
आज नेपाल बन्दको दिन चितवनका ४ जना बन्दकर्ता पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) नरहरी अधिकारीका अनुसार नारायणगढको लायान्सचोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पसलहरु बन्द गराउँदै हिँडेपछि पक्राउ गरिएको उनले बताए ।

यस्तै आज बन्दकर्ताले चितवनमा तीन वटा सवारी साधनमा क्षति पु¥याएका छन् । बन्दकर्ताले दुई वटा मालबाहक ट्रक र एउटा पिकअप भ्यानमा आगाजनीको र तोडफोडको प्रयास गरेका हुन् ।

प्रहरीका अनुसार बन्दकर्ताहरुले भरतपुर ओरालोस्थित भाटभटेनी अगाडि ना ४ ख ४३२५ नम्बरको ट्रकमा आगजनीको प्रयास, भरतपुर ७ बुद्धचोकमा प्रदेश ३-०१०२ च ३६८४ नम्बरको शक्तिश्वरी कृषि फार्मको पिक अप भ्यानमा आगजनीको प्रयास र रामपुरमा एउटा ट्रकमा आगजनीको प्रयाससँगै तोडफोड गरेका छन् । सवारीको सिसामा सामान्य क्षति पुगेको छ ।

अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा ८ राजनीतिक दलले आज नेपाल बन्दको आह्वान गरेका थिए ।

बन्दको बिहानैबाट चितवनसहित देशभर सामान्य प्रभाव परेको थियो । चितवन हुँदै चल्ने लामो दुरीका सवारी साधनहरु चलेका थिएनन् भने छोटो दुरीका सवारी साधन फ्याट्टफुट्ट चलेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>