Breaking News
एमसीसी पारित भएपछि सत्ता गठबन्धनबाट बाहिरियो राष्ट्रिय जनमोर्चा
०

काठमाडौं,फागुन १६-
सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चा गठबन्धनबाट बाहिरिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन भएपछि राजमोले गठबन्धन त्यागेको घोषणा गरेको हो । “एमसीसी संसद्बाट अनुमोदन गराएपछि सत्ता गठबन्धनका दलहरु देशको हितका पक्षमा छैनन् भन्ने प्रमाणित भएको छ । यससँगै यो गठबन्धनको औचित्य पनि समाप्त भएको छ,” राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने, “यस्तो जालझेल र षडयन्त्रका लागि हामी मतियार बन्ने कुरा भएन त्यसैले जनमोर्चाले गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ ।”
केसीले राजमोको सचिवालय बैठकले सत्ता गठबन्धनबाट बाहिरिने निर्णय गरेको जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























