चितवन विशेष
निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा लौडारीको उम्मेद्वारी घोषणा

चितवन,फागुन १६-
निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा शिवप्रसाद लौडारीले उम्मेद्वारी घोषणा गरेका छन् । यही फागुन १९ र २० गते हुने साधारणसभा तथा अधिवेशनमा लौडारीले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।
२०४८ सालदेखि निरन्तर निर्माण व्यवसायी क्षेत्रमा लागेका लौडारी भवानी नेशनल विल्डर्स प्रालिका संचालक हुन् । सदस्यदेखि निर्माण व्यवसायी संघमा प्रवेश गरेका लौडारीले कार्यवहाक महासचिवको समेत जिम्मेवारी सम्हालीसकेका छन् ।
लामो समयदेखि निर्माण व्यवसायी क्षेत्रको अनुभव र संघले प्रदान गरेको जिम्मेवारी आफुले पुरा गरको भन्दै सबै निर्माण व्यवसायीलाई सहयोग गरिदिन उनले आग्रह गरे । उनले भने,‘म व्यवसायीक हकहितका लागि प्रतिबद्ध छु,निर्माण व्यवसायीको पक्षमा निरन्तर काम गर्दै आइरहेको छु ।’ निर्माण व्यवसायीको समस्याहरुको समाधान गर्दै पेशालाई मर्यादित र व्यवस्थित बनाउन प्रतिबद्ध रहेको उनले बताए ।


























