चितवन विशेष

चितवनका चौथो संस्करणको कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी सम्पन्न

Banner

चितवन, फागुन १५ –
चौथो संस्करणको कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी सम्पन्न भएको छ । चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी परिसरमा तीन दिनसम्म चलेको प्रदर्शनी आज (आइतबार) सम्पन्न भएको हो ।

तीन दिनमा २० हजार भन्दा बढी कृषकले प्रदर्शनी अवलोकन गरेको मिडिया स्पेस प्रालिका प्रवन्ध निर्देशक श्रीजल भट्टराईले बताए । चितवनसहित मकवानपुर, नवलपुर, नवलपरासी, तनहुँ, रुपन्देही, पूर्वको मोरङसम्मका ४० बढी स्थानीय तहका कृषकहरुले प्रदर्शनी अवलोकन गरेको उनले जानकारी दिए ।

आज अन्तिम दिन प्रदेश १ को कृषि सचिव, बिभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, कृषक समूह महासंघ, कृषक सहकारी संघलगायतले अवलोकन गरेका थिए ।उनीहरुले नेपालमा यस किसिमको अन्तर्राष्ट्रिय स्तरको कृषि प्रदर्शनी आयोजना भएकोमा खुशी व्यक्त गरेको भट्टराईले बताए ।

प्रदर्शनीमा नेपाली कम्पनीहरुले कृषिका स(साना औजार, बिउ बिजन, डेरी, पोल्ट्री तथा थोपा सिचाईका सामाग्रीहरु प्रदर्शनमा राखेका थिए । यस्तै विदेशी कम्पनीहरुले नेपालमा भित्राएको नयाँ(नयाँ अटोमेटिक मेसिनहरु पनि प्रदर्शनीमा राकिएको थियो । उता विदेशी कम्पनीहरुले विदेशमा प्रयोगमा आएका नयाँ (नयाँ मेसिनहरु प्रदर्शनीमा राखेका थिए ।

एउटै छाना मुनी देशभरका कृषकहरु सहभागी भएकोले ति कम्पनीहरुलाई आफ्नो उत्पादनको विज्ञापन तथा बजारिकरणमा धेरै फाईदा पुगेको उनले बताए । धेरै कम्पनीहरुले अग्रिम बुकिङ गरेको समेत उनले जानकारी दिए । यस्तै कृषकहरुले पनि एउटै छाना मुनी स(साना औजार देखि ठूला मेसिनहरु बारे जानकारी लिने अवसर पाएको उनको भनाइ छ ।

यस पटकको प्रदर्शनीमा फुड र वेवरेजको छुट्टै परिसरको व्यवस्था गरिएको थियो । उक्त परिसरमा होटल तथा रेष्टुँरामा प्रयोग हुने नयाँ मेसिनहरु प्रदर्शनमा राखिएको थियो । त्यस्ता मेसिन तथा सामाग्रीहरुको विज्ञापनमा पनि प्रदर्शनी उपयोगी भएको उनले बताए ।

प्रदर्शक र अवलोकनकर्ता कृषकहरुबाट राम्रो प्रतिक्रिया पाएको उनले बताए । भट्टराईलेका अनुसार धेरै कम्पैले आगामी संस्करणको प्रदर्शनीमा पनि सहभागी हुने प्रतिवद्धता जनाएका छन् । यस पटकको प्रदर्शनीमा अघिल्ला संस्करण भन्दा धेरै कृषकहरुले अवलोलन गरेको उनले बताए । यसले कोभिड महामारीका कारण थलिएको अर्थतन्त्रलाई चलायन बनाउन पनि मद्त मिल्ने उनको विश्वास छ ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सय ५० भन्दा बढी कृषि सम्बन्धी कम्पनीहरुका स्टलहरु रहेका थिए । प्रर्दशनी कृषिका नविनतम औजार, थोपा सिचाई, बिषादी रहित कृषि उपकरण, केराखेती, कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायतका बिषयमा केन्द्रित रहेको थियो ।

प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने स(साना औजार, डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठू(ठूला उपकरणहरु प्रदर्शनमा राखिएको थियो । प्रर्दशनीमा देशभरबाट उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत कृषकहरुले आधुनिक प्रविधिहरुको अनुसरण र आवश्यक परामर्श लिन लिएका थिए । प्रदर्शनीको पहिलो संस्करण काठमाडौंमा भएको थियो । त्यसयता लगातार तीन संस्करण चितवनमा आयोजना गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>