मनोरञ्जन

रमालाई ‘द मम-ब्युटी कन्टेस्ट’को उपाधि

Banner

काठमाडौं, १५ फागुन

सौन्दर्य प्रतियोगिता ‘द मम–ब्युटी कन्टेस्ट’को उपाधि रमा खड्का पौडेलले जितेकी छन् । मोडल सङ्स नेपालले आमा भइसकेका नारीलाई लक्षित गर्दै आयोजना गरेको प्रतियोगितामा उनले ताजसँगै विधागततर्फको ‘मस्ट पपुलर’ अवार्डसमेत चुमिन् ।

काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा उनले उपहार स्वरुप २५ हजार रुपैंयाँ र अन्य विभिन्न उपहार पोल्टामा पारिन् ।

प्रतियोगितामा विधागततर्फ निलिमा बजगाईं उप्रेतीले ‘अडियन्स च्वाइस’ र ‘बेस्ट स्माइल’, ललिता शेर्पा ‘ट्यालेन्ट’, ‘बेस्ट पर्सनालिटी’ र ‘मस्ट फोटोजेनिक’, दिपीका पौडेलले ‘कन्फिडेन्ट’, सिलसिला गुरुङ ‘डिसिप्लिन’, सरस्वती डंगोल महर्जनले ‘इनोसेन्ट’ अवार्ड जिते ।

रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा राजकुमार छेत्री, सोना अमात्य, डा. अर्पन शाह, अभिनेता रमेश उप्रेती, रेजिना तुलाधर, अंकिता श्रेष्ठ निर्णायक थिए ।

आयोजक संस्थाका अध्यक्ष डेविल सिंह राजपुतले आमा भइसकेकी नारीको आन्तरिक सौन्दर्यलाई बाहिर ल्याएर आधुनिक समाजका अवसरहरूलाई नेपाली पारामा ‘ब्लेन्ड’ गर्दै लैजाने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । उनले दोस्रो संस्करण चाँडै सुरु हुने बताए । -न्युज कारखाना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>