चितवन विशेष

रत्ननगर महोत्सव आजदेखि सुरु हुँदै

Banner

चितवन,फागुन १५-

रत्ननगर महोत्सव–२०७८ आजदेखि सुरु हुँदैछ । ‘रत्ननगर महोत्सव हाम्रो पहिचान, व्यावसायिक कृषि र पर्यटन प्रवर्धन हाम्रो अभियान’ मूल नाराका साथ शुरु हुने महोत्सवको बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गर्ने महोत्सव मूल आयोजक समितिका संयोजक अनिल कृष्ण श्रेष्ठले जानकारी दिए ।

विभिन्न जातजाति, धार्मिक, साँस्कृतिक, शैक्षिकलगायत संघसंस्थाको सहभागितामा बाजा र झाँकीसहितको शोभायात्रा रत्ननगरको नेपाल माविको प्राङ्गढबाट शुरु हुनेछ । रत्ननगर महोत्सवमा पुग्ने अवलोकनकर्ताहरुले यसपालि विगतका महोत्सव भन्दा फरक अनुभव गर्नेछन् । महोत्सवमा कृषि र पर्यटन प्रवर्धनलाई विशेष जोड दिइएको छ । कृषक तथा कृषि पेशा अपनाउन चाहनेहरुका लागि वृहत व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिताले आकर्षण र उत्साह जगाउने छ ।

रत्ननगर महोत्सव फागुन १५ देखि २३ गतेसम्म ९ दिन सञ्चालन हुनेछ । महोत्सवले चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको महोत्सव मूल आयोजक समितिका संयोजक श्रेष्ठले बताए । महोत्सव ३ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र १५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको संयोजक श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>