चितवन विशेष

एमाले चितवन-काठमाडौ सम्पर्क मञ्चको अध्यक्षमा कंडेल निर्वाचित

Banner

चितवन,फागुन १५-

नेकपा एमाले चितवन-काठमाडौ सम्पर्क मञ्चको १२ औं अधिबेशनबाट अध्यक्षमा रामचन्द्र कंडेल निर्बाचित हुनु भएको छ । शनिबार काठमाडौमा भएको १२औ अधिबेशन बाट सर्बसम्मत रुपमा कंडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । नवनिर्वाचित कमिटीको उपाध्यक्ष डा. मेनका पन्त, नर प्रसाद आचार्य , सचिबमा कृष्ण प्रसाद पौडेल , उपसचिब पुनम बराल र प्रकाश पाठक तथा कोषाध्यक्षमा राजिब बराल रहनु भएको छ ।

त्यस्तै सदस्यहरुमा सुनिल तिवारी , सागर पौडेल ,बिजु पाण्डे सिलवाल , राम बहादुर तामाङ , ढाकाराम पौडेल , प्रवेश पाण्डे , कल्पना खड्का ,सुरज गुरुङ ,प्रतीक पाण्डे ,दिलिप राज अधिकारी ,समीर बिष्ट , दिपक गौतम , कुसल रिमाल , शोभाकान्त बस्याल ,सागर अधिकारी , दुर्गा अधिकारी , सम्झना पोखरेल , किशोर प्याकुरेल , बिकास सुवेदी , रोशन पौडेल , बिबस राज आचार्य , सबिन अधिकारी र अनिता रामदास बिक चयन हुनु भएको हो । कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे रहनुभएको थियो ।

सो कार्यक्रममा स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारी,पोलिट्ब्युरो सदस्य देबी ज्ञवाली,केन्द्रिय सदस्य बालिका गिरी , प्रदेश कमिटी सचिव बिजय सुवेदी, संसद कृष्णभक्त पोख्रेल, एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>