चितवन विशेष

भरतपुर-९ मा विभिन्न पार्टी परित्याग गरी ५३ जना राप्रपा प्रवेश

Banner

चितवन,फागुन १४-

चितवनको भरतपुरमा विभिन्न पार्टी परित्याग गरी ५३ जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । आज शनिवार भरतपुर महानगरपालिका वडा नम्वर ९ मा आयोजित पार्टी वडा कार्यालय उद्घाटनको अवसरमा उनिहरु राप्रपा प्रवेश गरेका हुन् । उनिहरु माओवादी केन्द्र,काँग्रेस,एमाले लगायतका दलबाट प्रवेश गरेको राप्रपा भरतपुर महानगर कमिटी सचिव सुलभ सिग्देलले जानकारी दिनुभयो ।

सो अवसरमा राप्रपा सहमहामन्त्री रिना गुरुङले वडा कार्यालयको उद्घाटन गर्नुभयो । उहाँले राप्रपामा प्रवेश गर्नेहरुको लहर चलेको भन्दै गाँउ गाँउमा अभियान संचालन भइरहेको बताउनुभयो । उहाँले नेपालको राजनीतिमा राप्रपा बैकल्पिक शक्तिको रुपमा उदाइरहेको भन्दै जनताको भरोसाको पार्टी राप्रपा मात्रै भएको बताउनुभयो ।
सो अवसरमा राप्रपा बागमती प्रदेश सदस्य ज्ञानुजङ लामा,भरतपुर महानगर अध्यक्ष दिपक थापामगर लगायतले बोल्नुभएको थियो । राप्रपाले भरतपुरको सबै वडामा आफ्नो कार्यालय स्थापना गर्नेगरी अभियान संचालन गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>