Breaking News
ओलीलाई भेट्न आज पनि बालकोट लागे प्रधानमन्त्री देउवा

काठमाडौं,फागुन १४-
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आज पनि बालकोट लागेका छन् । प्रधानमन्त्री देउवा केही बेरअघि अध्यक्ष ओलीलाई भेट्न बालकोट लागेका हुन् । एमालेको अवरोध खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा फेरि बालकोट लागेका हुन् । गत भदौ २३ गतेदेखि प्रतिनिधि सभामा एमालेले गरिरहेको अवरोध खुलाउन देउवाले ओलीसँग छलफल गर्न बालकोट लागेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री देउवा र ओलीबीच ५ बजे भेटवार्ता हुने तय भएको छ ।
प्रधानमन्त्री देउवासँगै कांग्रेसका नेता एवं सञ्चारमन्त्री कार्की, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा पनि बालकोट लागेका छन्।
त्यस्तै यसअघि शुक्रबार पनि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए । प्रधानमन्त्री देउवाले अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता अनुमोदनका लागि अवरुद्ध संसद् सञ्चालन गराउनमा सहयोग गर्न यही फागुन ५ गतेदेखि निरन्तर ओलीलाई भेटेरै आग्रह गरिरहेका छन्।
























