चितवन विशेष

एमाले चितवनले निर्वाचन केन्द्रित घरदैलो अभियान सञ्चालन गर्ने

Banner

चितवन,फागुन १४-

आगामी बैशाख ३० गते घोषणा भएको स्थानीय तहको निर्वाचनमा केन्द्रित रही नेकपा (एमाले) चितवनको दास्रो बैठक शुक्रबार नेकपा एमाले जिल्ला पार्टी कार्यालय भरतपुरमा सम्पन्न भएको छ ।

बैठकले पार्टी पंक्तिलाई जनताको घरघरमा पु¥याउने उद्देश्यले घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । सोही अभियानअन्तर्गत पार्टी कमिटीहरुका बैठक, पार्टी सदस्यता विस्तार, नवीकरणलगायत जनसरोकारका कामलाई प्राथमिकतामा राखिने जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले बताए । पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गराउन पार्टीले गरेका कामहरुको प्रचार आवश्यक भएकोले यो अभियान महत्वपूर्ण हुने अध्यक्ष न्यौपानेको भनाइ छ ।

त्यस्तै अभियानअन्तर्गत फागुन २१ गते पार्टीले बृहत् अनुशिक्षण भेलाको आयोजना गर्ने भएको छ । भेलामा जिल्ला कमिटी, पालिका कमिटीका पदाधिकारीहरु, निर्वाचित जनप्रतिनिधिहरु, जनवर्गीय संगठनका जिल्ला अध्यक्ष तथा केन्द्रीय तहका नेताहरुलगायत वडा तहका अध्यक्षहरुलगायत अगुवा कार्यकर्ताहरु सहभागी रहने छन् । बैठकले जिल्ला सल्लाहकार कमिटी, चितवनको अध्यक्षमा मुक्तिनाथ अधिकारीलाई मनोनयन गरेको छ । कमिटीको उपाध्यक्षमा लीलाबहादुर भण्डारी र सचिवमा भीमसेन देवकोटालाई जिम्मेवारी तोकिएको छ ।

जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा भएको बैठक पार्टी स्थायी कमिटीका सदस्य एवम् बागमती प्रदेशका इन्चार्ज काशीनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो । पार्टी पोलिटव्युरो सुदस्य एवम् जिल्ला इन्चार्ज देवीप्रसाद ज्ञवाली, प्रदेश कमिटीका सचिव विजय सुवेदी, जिल्ला उपाध्यक्ष कमलराज पाठक, सचिव प्रकाश खनाल शैलेसलगायतले बोलेका थिए ।

बैठकमा जिल्लाका सातै पालिकाका अध्यक्षहरुले आ–आफ्ना पालिकाका पार्टी कामका विषयमा रिपोर्टिङ गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>