Breaking News
बन्दुक लिएका छैनौं तर युद्ध जारी छः प्रचण्ड
०

काठमाडौं,फागुन १४-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले आफूहरु रक्तपातहीन युद्धमा रहेको बताएका छन् । जनयुद्धको प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘युद्ध रोकिएको छैन । युद्ध जारी छ ।’
बदलिंदो राजनीतिक परिस्थितिमा पछि हटेको जस्तो देखिएको बताउँदै उनले भने, ‘युद्ध र राजनीति भनेको माओत्सेतुङले भनेजस्तै हो । युद्ध भनेको रक्तपातपूर्ण राजनीति हो । राजनीति भनेको रक्तपातहीन युद्ध हो । अहिले हामी रक्तपातहीन युद्धमा छौं । युद्ध सकिएको छैन । युद्ध रोकिएको छैन । खालि हामी हिंसामा छैनौं हामी । बन्दुक लिएका छैनौं हामीले । युद्ध त जारी छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























