चितवन विशेष
एच.आई.भी तथा एड्स महासंघ नेपालको छैठौं महाधिवेशन चितवनमा सुरु

चितवन, फागुन १३ –
राष्ट्रिय एच.आई.भी तथा एड्स महासंघ नेपालको छैठौं महाधिवेशन आजबाट चितवनमा सुरु भएको छ ।
दुई दिन चल्ने अधिवेशनमा आज होटल ग्लोबलमा उद्घाटन सत्र सम्पन्न भएको छ । बन्दसत्र भोलि हुने छ ।
उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले एचाआइभी संक्रमितका समस्याहरु समाधान गर्न स्थानीय, प्रदेश र संघ सरकार सबै लाग्नुपर्ने बताए । स्थानीय सरकारले विशेष गरी समाजमा यसबारे सचेतना फैलाएर संक्रमितलाई गरिने व्यवहारमा परिवर्तन ल्याउन आश्यक रहेको बताए ।
भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले भरतपुरमा महाधिवेशन गरेकमा खुसी व्यक्त गरिन् । उनले महानगरपालिकाका तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताइन् । उनले महाधिवेशनले कुशल नेतृत्व चयन गर्न उनको आग्रह थियो ।
महासंघका अध्यक्ष राजेश दिदियाको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा देशका सबै जिल्लाका एचआइभी संक्रमितका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।



























