Breaking News
एमाले अध्यक्ष ओली पोखरामा,जसपाका गण्डकी इन्चार्जसहित नेताहरू एमाले प्रवेश गर्दै
०

पोखरा,फागुन १३-
सत्तारुढ जनता समाजवादी पार्टीका गण्डकी प्रदेश इन्चार्जसहित केन्द्रीय नेताहरू एमाले प्रवेश गर्न लागेका छन् । कांग्रेस, माओवादी, जसपा र नेकपा एसका नेता कार्यकर्तालाई एमालेमा स्वागत गर्न अध्यक्ष केपी शर्मा ओली आफैं पोखरा आएका छन् ।
एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, संगठन विभाग प्रमुख खगराज अधिकारीलगायतका नेता पोखरामा छन् । आज जसपाका गण्डकी इन्चार्ज तथा केन्द्रीय सदस्य गणेशमान गुरुङ, तमुवान राज्य समिति इन्चार्ज देवीराज गुरुङ, जसपा केन्द्रीय सदस्य तथा तमुवान राज्य समिति अध्यक्ष हुमबहादुर गुरुङ र गण्डकी प्रदेश उपाध्यक्ष दीपक तामाङलगाययतका नेताहरू एमाले प्रवेश गर्दैछन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























