Breaking News
ओलीलाई प्रचण्डको प्रस्ताव– प्रधानमन्त्री बन्नुस्, हामी सघाउँछौ
०

काठमाडौं,फागुन १२-
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय सरकारको नेतृत्व गर्न प्रस्ताव राखेका छन् । एमालेका एक स्थायी कमिटी सदस्यले आज दिउँसो भएको भेटमा प्रचण्डले ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव राखेको दाबी गरे ।
प्रधानमन्त्रीले पनि किचलो भइरहेको भन्दै गठबन्धन तोडेर जान आफू तयार रहेको र सहकार्य गर्ने प्रस्ताव राखेको उनले बताए ।
“हामीले प्रष्ट भनेका छौँ । अहिलेको सरकार परामदेशी सरकार हो । यसमा हामी सहभागी हुन सक्दैनौँ । एमालेले नेतृत्व गर्छ भने विचार गर्न सकिन्छ । राष्ट्रिय सरकारको नेतृत्व गर्दिनुस् भन्ने माओवादीको प्रस्ताव छ । प्रधानमन्त्रीले पनि किचलो तोडेर जान सकिन्छ भन्ने कुरा छ । अहिलेको छलफलले एउटा निकास निकाल्छ,” ती नेताले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























