Breaking News

चितवनमा बाघको आक्रमणबाट घाँस काट्न गएकी महिलाको मृत्यु

Banner

चितवन, फागुन १२ –
चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका १३ बेलशहरस्थित चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघले आक्रमण गरेको हो । आक्रमणबाट भरतपुर ६ निवासी ६० वर्षीय चिजा सार्कीको मृत्यु भएको हो ।

चिजा, सिता दराई र हेमराज सापकोटा तिनै जना सोही निकुञ्ज भित्र घांस काट्न गएकोमा चिजा सार्कीलाई बाघले आक्रमण गरेको हो ।
आक्रमणको खबर पाएपछि चितवन राष्ट्रिय निकुञ्जको वनको टोली हात्तीसहित गएर चिजाको शव ल्याएको छ । बाघले खाइरहेको अवस्थामा शव ल्याइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>