Breaking News

एमसीसीविरुद्ध बानेश्वरमा प्रदर्शन, साढे दुई हजार प्रहरी परिचालन

Banner

काठमाडौं,फागुन १२-

संसद् भवन रहेको नयाँ बानेश्वर क्षेत्रमा अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौताविरुद्ध आज पनि विरोध प्रदर्शन भएको छ । प्रदर्शनलाई लक्षित गरी महानगरीय प्रहरी कार्यालयले सो क्षेत्रमा दुई हजार ४०० भन्दा बढी प्रहरी परिचालन गरेको छ । महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालय गरी २४ सय प्रहरी परिचालन गरिइएको जनाइएको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसपी सन्तोषसिंह राठौरले काठमाडौंका एसएसपी सुदीप गिरीको कमान्डमा १४ डीएसपीसहित प्रहरी परिचालन गरिएको जानकारी दिए । ‘‘विरोध प्रदर्शनलाई लक्षित गर्दै प्रहरी टोली खटाइएको छ । विरोध प्रदर्शन सुरु भइसकेको छ । अहिलेको अवस्था सामान्य छ,” उनले भने ।

सत्ता गठबन्धनमा आबद्ध दलका भातृसंगठनका नेता–कार्यकर्ताले समेत एमसीसीविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>