Breaking News

एमालेको कान्छो जनवर्गीय संगठन ‘रिटर्नी फेडेरेशन नेपाल’ चितवनमा पनि गठन

Banner

चितवन, फागुन ११ –
नेकपा एमालेको कान्छो जनवर्गीय संगठन ‘रिटर्नी फेडेरेशन नेपाल’ चितवनमा पनि गठन गरिएको छ ।

विदेशमा हासिल गरेको सीप र ज्ञानलाई स्वदेशमा प्रयोग गरी आर्थिक विकास तथा उद्यमशीलता विकास गर्न एमालेले ‘रिटर्नी फेडेरेशन नेपाल’ नामक नयाँ संगठन निर्माण गरी विस्तार गरिरहेको छ । रिटर्नी फेडेरेशन नेपाल एमालेको २२औँ जनवर्गीय संगठन हो ।

आज चितवनको पार्टी कार्यालयमा भएको भेलाले दिलकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ तदर्थ समिति बनाएको हो । समितिको उपाध्यक्षमा बुद्धिराज अर्याल, सुलभ वन्धु पोखरेल, सचिवमा अमृत घिमिरे, उप सचिवमा सन्जय महत्तो र सुरेश मरहठ्ठा चयन भएका छन् । २१ सदस्यीय समितिमा अहिले कोषाध्यक्ष र केही सदस्य खाली रहेका छन् । खाली रहेको पदहरुमा पछि मनोनित गरिने बताइएको छ । समितिको सदस्यहरुमा पदम अधिकारी, सन्जय न्यौपाने, श्रीकृष्ण चापागाई, गोविन्द ढकाल, खगराज पौडेल, धनराज कडेँल, कमल थापा, राज बम्जन, राम बहादुर कुँवर रहेका छन् ।

कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्य देवी ज्ञवालीले कान्छो संगठन भए पनि फरक कोण र उद्देश्य लिएर आएको बताए । विदेशबाट सीप र ज्ञान लिएर नेपाल फर्किएका व्यक्तिहरुलाई समावेश गरेर बेरोजगार हुन नपर्नेगरी उद्यमशीलता विकासमा यो संगठनले महत्वपूर्ण काम गर्ने उनले विश्वास व्यक्त गरे ।

एमालेका नेता विजय सुवदीले राजनीतिलाई पेशा बनाएकाहरुलाई गतिलो जवाफ दिनेगरी रिटर्नी फेडेरेशन अगाडि बढेको भन्दै उद्यमशीलतामा जोडिन गरिएको कार्य प्रसंसनीय भएको बताए ।
संगठनका बरिष्ठ केन्द्रीय उपाध्यक्ष उत्तम अधिकारीले १ भिषा अवधि सकाएर र कम्तीमा १० वर्ष स्वदेश बस्ने योजना बनाएका व्यक्तिहरुलाई संगठनमा जोड्दै जाने बताए । विदेशमा नेपालीले कमाएको सीप क्षमता सदुपयोग गर्न राज्यले नसकिरहेकाले राजनीति मार्फत आर्थिक समृद्धिमा लाग्न संगठन बनाएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>