Breaking News

विश्वकप क्रिकेट छनोटः यूएईले नेपाललाई दियो १७६ रनको लक्ष्य

Banner

काठमाडौं,फागुन १०-

आइसीसी टी–२० विश्वकप छनोटअन्तर्गत सेमिफाइनल खेलमा यूएईले नेपाललाई १ सय ७६ रनको लक्ष्य पूरा गर्न चुनौती दिएको छ । मंगलबार ओमान स्थित अल अमारत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले २० ओभरमा सात विकेट गुमाउँदै नेपाललाई एक सय ७६ रन बनाएको हो ।

खेलमा यूएईका लागि मोहम वसिमले सर्वाधिक रन बनाए । उनले ४८ बलमा सर्वाधिक ७० रन बनाए । उनीपछि भ्रित्य अरभिन्दले ४६ रनको योगदान गरे । मोहमद उसमानले १७ रन बनाए । नेपालका लागि जितेन्द्र मुखिया र अविनास बोहराले ३–३ विकेट लिए भने कप्तान सन्दीप लामिछानले १ विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>