चितवन विशेष
रत्ननगरको मिलिजुली सामुदायीक वनको अध्यक्षमा पौडेल निर्वाचित
०

चितवन,फागुन ९-
चितवनको रत्ननगर ९ मोहना स्थित मिलिजुली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा मेघनाथ पौडेल निर्वाचित हुनुभएको छ । सोमबार सम्पन्न अधिवेशनले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । वनको नयाँ नेतृत्वको लागि आईतवार उपभोक्ताहरुको टोल संयोजक र परिषद सदस्यहरुको लागि निवार्चन सम्पन्न भएको थियो ।
टोल संयोजक निर्वाचित भए सगै सोमबार वनको कार्यसमिति गठन प्रकृयम सुरु भएको थियो । समितिको उपाध्यक्षमा लेख बहादुर तमाङ,सचिवमा बाबुराम पौडेल,कोषाध्यक्षमा रामशरण कुवर निर्वाचित हुनुभएको छ । सदस्यहरुमा रामसिङ चौधरी,रविकुमार महतो,भिखु महतो, राजकुमार महतो,कुल प्रसाद सापकोटा र भरतराम महतो निर्वाचित हुनुभएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























