Breaking News
बैतडीमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु, ६ घाइते
०

बैतडी,फागुन ९-
बैतडीमा विद्यार्थी बोकेको टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पाटन नगरपालिका ३ हिरापुरस्थित भित्रि सडक खण्डमा सोमबार अपराह्न टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीले मृतकको सनाखत गरेको छ ।
मृत्यु हुनेमा पाटन नपाका ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीय ज्ञानी विष्ट र १७ वर्षीय ललिता अवस्थी रहेको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । उनकाअनुसार दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेलाई डडेल्धुरा अस्पताल पठाइएको छ ।
जिल्ला प्रहरी प्रमुख डीएसपी दर्शन खड्काले पाटन नगरपालिका-३, डबरा भन्ने स्थानमा दुर्घटना हुँदा घटनास्थलमै तीन जना विद्यार्थीको मृत्यु भएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























