मनोरञ्जन
अभिनेत्री काजल अग्रवालको बेबी शावर, अनुहारमा आमा बन्ने खशी

एजेन्सी, चितवन, फागुन ९-
३० अक्टोबर २०२० यो त्यो दिन थियो जब काजल अग्रवाल र गौतम किचले सात फेरा लिए र एक अर्काको बन्ने निर्णय गरे । दम्पतीको विवाहमा केही नजिकका मानिस मात्रै उपस्थित थिए । नयाँ वर्षको अवसरमा तस्विर सेयर गर्दै गौतमले काजलको गर्भावस्थाको खबर सबैलाई दिएका थिए ।
बलिउड–दक्षिण अभिनेत्री काजल अग्रवाल र गौतम किचलुको घर छिट्टै साना पाहुनाको रोदनले गुन्जिने भएको छ । केही महिनाअघि काजल अग्रवालले आफ्नो गर्भावस्थाको खबर सामाजिक सञ्जालमा फ्यानसँग सेयर गरेकी थिइन् । अब त्यो समय पनि आएको छ, जब उनीहरुको बेबी शावर समारोह सम्पन्न भएको छ । अभिनेत्रीले इन्स्टाग्राम स्टोरी मार्फत बेबी शावरको सानो झलक देखाएकी छिन् । बेबी शावरको अवसरमा काजल अग्रवाल रातो रंगको साडीमा देखिएकी थिइन् । टाउकोमा पल्लु लगाएकी काजलको अनुहारमा खुशी र चमक देखिन्थ्यो ।

जिंदगीको विशेष दिनमा उनका श्रीमान् गौतम उनीसँगै बसेका थिए । बेबी शावर समारोहमा परिवार र केही नजिकका साथीहरू उपस्थित थिए। सबै अनुष्ठान सकिएपछि काजल र गौतम तस्विर क्लिक गरेको पनि देखियो । बेबी शावरमा उपस्थित व्यक्तिहरूले यी तस्विरहरूमा काजललाई ट्याग गरेका छन्, जुन काजलले आफ्नो इन्स्टाग्राम स्टोरीमा पोस्ट गरेकी छिन् । यी खुसीका तस्बिरहरू हेरेपछि काजलको घरमा साना पाहुनाको आगमनको प्रतिक्षा मात्रै छ । काजल र गौतमको खुसी देखेर उनीहरु पनि यही क्षणको आतुरताका साथ प्रतीक्षामा रहेको अनुभूति भएको छ ।
























