चितवन विशेष

चितवनमा फागुन १३ गतेदेखि अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुने

Banner

चितवन,फागुन ८-

चितवनमा फागुन १३ गतेदेखि कृषि सम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । कृषि क्षेत्रको विकासका लागि मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड एभेन्ट्सको संयुक्त आयोजनामा प्रदर्शनी हुने भएको हो ।

प्रदर्शनी चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी परिसरमा फागुन १३, १४ र १५ गते हुनेछ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १५० भन्दा बढी कृषि सम्बन्धी कम्पनीहरुका स्टलहरु रहने छन् । कृषिका नवीनतम औजार, थोपा सिँचाई, विषादीरहित कृषि उपकरण, केरा खेती, कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरीलगायतका विषयमा प्रदर्शनी केन्द्रित रहनेछ ।

प्रदर्शनीमा देशभरबाट उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिलगायत कृषकहरुले आधुनिक प्रविधिहरुको अनुशरण र आवश्यक परामर्श दिने मिडिया स्पेसका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिनुभयो । प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने स–साना औजार, डेरी मेशिनरी तथा पशुपंक्षी पालन उद्योगमा प्रयोग हुने ठूलाठूला उपकरणहरु प्रदर्शन गरिने उहाँले बताउनुभयो ।

नेपालको कृषि क्षेत्रको यान्त्रिकीकरणमा सहयोग पु¥याउन प्रदर्शनी कोशेढुंगा सावित हुने उहाँको विश्वास छ । प्रदर्शनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तिनको प्रयोगले उत्पादन वृद्धि भई मुलुकलाई आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको उहाँले बताउनुभयो । प्रदर्शनीमा कृषकहरुलाई कृषि प्रविधि तथा कृषिका विभिन्न विधाहरुका बारेमा जानकारी तथा कृषि कर्जाको बारेमा परामर्श समेत दिइने छ ।

प्रदर्शनीले पर्यटन, होटल तथा यातायातमार्फत आर्थिक कारोबार बढ्ने भएकोले कोभिड–१९ का कारण थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>