चितवन विशेष

चितवनमा नाबालिका जबरजस्ती करणी अभियोगमा सबइञ्जिनीयर पक्राउ

Banner

चितवन,फागुन ८-

नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२ आँपटारीका जीवन पौडेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार सोही ठाउँकी छ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३६ वर्षीय पौडेललाई शनिबार पक्राउ गरिएको हो ।

पौडेललाई जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । नाबालिकाकी आमाले आज जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी निवेदन दिनुभएको हो । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले पौडेल भरतपुर महानगरपालिकाअन्तर्गत वडा नं २९ मा सबइञ्जिनीयर पदमा कार्यरत रहेको जानकारी दिनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>