Breaking News

चितवनमा स्थानीय चुनाव : चार लाखभन्दा बढी मतदाता, पहिलेकै स्थानमा मतदान हुने

परिचय पत्र हराएकाहरुले २० गतेसम्म आवेदन दिन सक्ने

  • Logo
    app haru
  • ८ फाल्गुन २०७८, आइतबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, फागुन ८ –
जिल्ला निर्वाचन कार्यालय चितवनले स्थानीय चुनावको तयारी गरिरहेको छ । जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले चुनावको तयारी भइरहेको बताए ।

आयोगले जिल्लामा मतदाताहरुको नामावली अद्यावधिक गरी निर्वाचन आयोगमा पठाइ सकेको छ । कार्कीले माघ २४ गतेसम्म मतदाता परिचय पत्रका लागि आवेदन दिएकाहरुको विवरण अद्यावधिक गरी निर्वाच आयोग पठाइएको जानकारी दिए । उनले ४ लाख ४ हजार ७६३ जनाको विवरण आयोगमा पठाइएको बताए । अब आयोजले अन्तिम नामावली प्रकाशन गर्नेछ । ०७४ को स्थानीय निर्वाचनमा ३ लाख १३ हजार ११ मतदाता थिए ।

१८ वर्ष नपुगेकाहरुको नामावली प्रकाशन हुने छैन । यस्तै बँसाइसराइ, विवहा र मृत्युका कारण मतदाता घटबढ हुन सक्छन् । यसका लागि २० गतेदेखि २६ गतेसम्म दावी विरोधको समय रहेको छ । २६ गतेपछि अन्तिम नामावली प्रकाशन हुने छ । आगामी निर्वाचनमा ४ लाखभन्दा माथिकै संख्यामा मतदाता हुने निश्चित रहेको कार्कीले बताए ।

त्यसअघि आयोगले मतदाता परिचयपत्र हराएको वा नष्ट भएको भएमा २० गतेसम्ममा आवेदन दिन भनेको छ । परिचय पत्रको प्रतिलिपि बनाउन वडाको सिफारिस ल्याएर जिल्ला निर्वाचन कार्यालयमा बुझाउनु पर्छ ।

०७४ को स्थानीय निर्वाचनमा चितवनमा १६१ वटा मतदान स्थल थिए भने ४०८ मतदान केन्द्र तोकिएको थियो । अब ०७९ को निर्वाचनमा पनि मतदान स्थल पहिलेकै ठाउँमा हुने कार्कीले बताए । मतदान केन्द्र भने बढेर ४३० सम्म पुग्न सक्ने उनको भनाइ छ । एउटा मतदान स्थलमा बढीमा ७ वटासम्म केन्द्र राख्न पाइन्छ ।

सरकारले गत माघ २४ गते आगामी बैशाख ३० मा देशभर एकसाथ स्थानीय निर्वाचन गर्ने घोषणा गरेको थियो । निर्वाचन घोषणासँगै चितवनसहित देशभरको राजनीतिक माहोल तात्दै गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>