Breaking News
एमसीसी टेबुल गर्ने निर्णयमा झलनाथ खनालको आपत्ति
०

काठमाडौँ, फागुन ८-
सत्तारुढ गठबनधनले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेस गर्ने निर्णय गरेको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार बसेको गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन प्रस्ताव संसद बैठकमा पेस गर्ने निर्णय गरेको हो ।
तर बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले असहमति प्रकट गरेका छन् ।
खनालले प्रश्न उठाए ‘कहाँ टेबल गर्छन् अरे, उनीहरुको भान्छाघरमा ? संसद त चल्दैन कहाँबाट टेबल हुन्छ ?’
खनालले आफनो पार्टीको निर्णय त्यस्तो नभएको र सहमत पनि नभएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























