Breaking News

चितवन कारागारका ११ कैदीको सजाय मिनाहा

Banner

चितवन, फागुन ७ –
प्रजातन्त्र दिवसको अवसरमा चितवन कारागारका ११ कैदीले सजाय मिनाहा पाएका छन् ।

सरकारको सिफारिसका आधारमा प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सजाय मिनाहा गरेकी हुन् ।

यससँगै चितवन कारागारमा अब तीन आश्रित बालिकासहित ७१९ कैदीबन्दी रहेका छन् । तीमध्ये ५५ महिला र ६६१ पुरुष कैदीबन्दी रहेका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा देशभर ५०१ कैदीबन्दीको सजाय मिनाहा र १२ जनाले आममाफी पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>