चितवन विशेष

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन चितवनमा नयाँ नेतृत्व

Banner

चितवन,फागुन ६-

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट कानुन व्यवसायीहरुको संगठन प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन चितवनको अध्यक्षमा राजकुमार श्रेष्ठ निर्वाचित हुनु भएको छ । श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो ।

संगठनको आज सम्पन्न अधिवेशनले उपाध्यक्षमा कल्पना उप्रेती, सचिवमा रमेश काफ्ले र सरिता शर्मा, कोषाध्यक्षमा हरिभक्त ढकाललाई निर्वाचित गरेको छ । समितिको सदस्यहरुमा सपि मिया, विकास गुरुङ, कृष्ण पन्त, रामनाथ घिमिरे, जनकराज पौडेल निर्वाचित हुनु भएको छ । एक सदस्य पछि मनोनित गरिने जनाईएको छ ।

अधिवेशनको उद्घाटन प्रमख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य जगन्नाथ थपलियाले गर्नुभयो । उहाँले कानुन व्यवसायीहरुले आम जनतालाई सहज रुपमा कानुनी सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । कार्यक्रममा नेपाल बार एसोसिएसन चितवनका अध्यक्ष रामकृष्ण अधिकारी, नेकपा एमाले जिल्ला कमिटी चितवनका सदस्य शेषमणि नेपाल, बारका पूर्व अध्यक्षहरु जगन्नाथ भण्डारी, राजकुमार श्रेष्ठ, संगठनका पूर्व अध्यक्ष कृष्णप्रसाद डोटेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । शेषशंकर उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रमेश काफ्लेले गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>