चितवन विशेष

भरतपुरका सबै योजना समयमै सम्पन्न गर्न मेयर दाहालको निर्देशन

Banner

चितवन,फागुन ६-

भरतपुर महानगरपालिका भित्र संचालनमा रहेका योजनालाई समयमै सम्पन्न गर्न महानगर प्रमुख रेनु दाहालले निर्देशन दिएकी छन् । सघन शहरी तथा भवन निर्माण आयोजना, सडक डिभिजन र भतपुर महानगरले संचालन गरेका निर्माणधिन आयोजनाहरु समयमै सम्पन्न गरेर नगरको विकासमा महानगरको अभियानलाई सार्थक बनाउन उनले निर्माण व्यवसायीलाई निर्देशन दिएकी हुन् ।

प्रमुख दाहालको अध्यक्षतामा भएको निर्माण व्यवसायी र सरकारी कार्यालयका अधिकारी विचको कार्य समिक्षा बैठकमा उनले धेरै बाहानाबाजी गरेर काममा ढिलाई गर्ने छुट कसैलाई नरहेको बताइन् । महानगरमा विकासका लागि बजेट पार्न भन्दा पनि निर्माण कार्य सम्पन्न गर्न ठुलो चुनौति रहेको उनको भनाई छ । भरतपुरमा निर्माण व्यवसायीले गरेको कामबाट आफु सन्तुष्ट नरहेको बताउँदै उनले निर्धारित मितिमा काम सम्पन्न नगरे अब समय थप नहुने चेतावनी दिइन् ।

निर्माण व्यवसायीलाई परेको समस्या समाधानमा महानगर जुनसुकै बेला पनि तयार रहेको भन्दै दाहालले इमान्दारीपूर्वक काम गर्न आग्रह गरिन् । सो अवसरमा निर्माण व्यवसायीहरुले खानेपानी, वन बिद्युतका कारण निर्माण कार्य समयमै हुन नसकेको बताएका थिए । त्यस्तै माटो र ग्राबेलको अभावका कारण पनि काम गर्न समयमै नसकिएको उनिहरुको गुनासो छ । दाहालले प्रक्रिया पु¥याएर कबिलासका ६ ठाउँमा उत्खनन्को अनुमति दिने र नदीमा पनि ठेक्का लगाउने बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>