Breaking News

दोहोरो चरित्र बन्द गर्ने प्रचण्ड र नेपाललाई कमल थापाको आग्रह

Banner

काठमाडौँ, फागुन ६-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमार्फत् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल थापा ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई दोहोरो चरित्र बन्द गर्न आग्रह गरेका छन्।

शुक्रबार थापाले आफ्नो सामाजिक सञ्जाल मार्फत सडकमा ढुंगामुढा र टायर बाल्ने अनि सत्ताको मोहमा नछोड्ने दोहोरो चरित्र बन्द गर्ने आग्रह गरेका हुन् ।

एमसिसी विरूद्धमा भए खुलेर प्रतिवाद दिन र ‘एमसिसीविरुद्धमा हुनहुन्छ भने खुलेर प्रतिवाद गर्नुहोस्। सरकारमा बस्ने अनि सरकार कै विरोधमा सडकमा प्रदर्शन गर्ने ‘गाईजात्रा’ ले संविधान र व्यवस्था कै खिल्ली उडाएको छ,’ उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>