Breaking News
विश्वकप छनोटः नेपाल विरुद्द ओमान ३९ रनले पराजित
०

काठमाडौँ, फागुन ६-
आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले विजय हासिल गरेको छ ।
दिएको ११८ रनको लक्ष्य दिएको नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको हो । नेपालले पछ्याएको ओमान १७ ओभरमा ७१ रनमै अलआउट भयो ।
ओमान मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी–१ मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११७ रनको योगफल बनाए । नेपालको लागि आरिफ शेखले अविजित रहँदै सर्वाधिक ३८ रनको योगदान दिएका थिए ।
सुरुवातदेखि नै उत्कृष्ठ बलिङ प्रदर्शन गरेको नेपालका लागि कमल सिंह ऐरीले ३ विकेट, कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान २/२ विकेट तथा अविनाश बोहरा र जितेन्द्र मुखियाले १/१ विकेट लिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























