चितवन विशेष
नारायणगढ आउँदै गरेको बस कावासोतीमा पल्टियो, २१ जना घाइते
०

नवलपुर,फागुन ६-
पूर्वी नवलपरासीको कावासोतीको खरकट्टा जंगलमा बस दुर्घटना भएको छ । नारायणगढ आउँदै गरेको बस दुर्घटनामा परेको हो । ना ६ ख १६७७ नम्बरको बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
बस अनियन्त्रित भई दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























