Breaking News

१४ वर्ष अघि भारतमा बम विष्फोट, संलग्न ३८ जनालाई फाँसी, ११ जनालाई आजीवन कैद

Banner

नयाँ दिल्ली, फागुन ६-

भारतको विशेष अदालतले बम विष्फोट घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय र ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ ।

१४ वर्ष अघि सन् २००८ मा भएको एक श्रृंखलाबद्ध बम विष्फोट घटनामा संलग्न ७७ जना आरोपी मध्य २८ जनाले भने सफाइ पाएका छन् । भारतीय समाचार माध्यमको अनुसार पहिलोपटक एकसाथ ४९ जनालाई आतंकवादको आरोपमा दोषी ठहर्याइएको हो ।

त्यस्तै भारतीय टेलिभिजन च्यानल आजतकले अहमदावादको विशेष अदालतका न्यायाधीश अम्बालाल पटेलले ६ हजार ७५२ पानाको फैसलामा ४९ आरोपीलाई दोषी ठहर गर्दै सजाय सुनाएको जनायो ।

१३ वर्षदेखि चलेको सुनुवाइको क्रममा प्रहरी र कानुन व्यवसायीहरुले १ हजार १६३ जनाको बयान सहित ६ हजार भन्दा बढी प्रमाण जुटाएका थिए ।

सन् २००८ को जुलाई २६ तारिखमा भएको बम विष्फोटमा ५६ जनाको मृत्यु भएको थियो भने २०० बढी घाइते भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>