Breaking News
पार्टीका मन्त्री र नेताहरुसँग आन्तरिक परामर्शमा जुटे प्रधानमन्त्री देउवा
०

काठमाडौँ, फागुन ६-
प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा सत्ता गठबन्धनको छलफल लगत्तै आन्तरिक परामर्शमा जुटेका छन् ।
बैठक लगत्तै प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुन मन्त्री दिलेन्द्र बडुलाई र काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल बालुवाटार बोलाएर परामर्श थालिएका हो ।
शुक्रबार बिहान सत्ता गठबन्धनका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र उपेन्द्र यादवसँग एमसीसीबारे प्रधानमन्त्रीले छलफल गरेका थिए ।
त्यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले गठबन्धनको अर्को गठबन्धनको बैठक फागुन ८ गते बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























