Breaking News

चितवन पुगेर कांग्रेस प्रवक्ता महतले भने,– प्रचण्डले एमसिसि पास गर्छाैं भने सिग्नेचर गरेका हैनन् र ?

Banner

चितवन, फागनु ६ –
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकासशरण महतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसिसि पास गर्छु भनेर पत्र पठाएको बताएका छन् । आज प्रचण्डको गृह जिल्ला चितवन पुगेर महतले भने,– ‘प्रचण्डले एमसिसि पास गर्छाैं भने सिग्नेचर गरेका हैनन् र ?’

उनले एमसिसि संसदभित्र टेबल गरेर छलफल गर्नुपर्ने बताए । उनले आजै एमसिसि टेबल हुनुपर्ने बताए । सभामुखसँग कुनै पनि विधेयकलाई रोकेर राख्ने अधिकार नभएको बताउँदै उनले एमसिसिलाई टेबल गर्न सभामुखसँग आग्रह गरे ।

संसदमा टेबल भएपछि भोट हाल्ने न हाल्ने आफ्नो निर्णय गर्न उनले गठबन्धन तथा प्रतिपक्ष सबै दललाई आग्रह गरेका छन् ।

विगतमा केपि शर्मा ओली प्रधानमन्त्री हुँदा पनि एमसिसि संसदमा लैजान खोजिएको स्मरण गराउँदै महतले अहिले सत्ता बाहिर पुगेपछि कुरा नफेर्न एमालेसँग आग्रह गरेका छन् । ‘आज एउटा कुरा भोलि अर्काे कुरा । आज ठिक भोलि बेठिक । सत्तामा हुँदा ठिक नहुँदा बेठिक यस्तो पनि कुरा हुन्छ ?’ उनले भने ।

उनले सत्ता गठबन्धन र एमसिसि फरक विषय भएकाले एमसिसिका कारण गठबन्धनमा समस्या नहुनेमा कांग्रेस विश्वस्त रहेको बताए । एमसिसिमा कुनै देशद्रोह नभएको बताउँदै उनले एमसिसिका बारेमा जनतामा भ्रम छरिएको बताए । जनताको प्रतिनिधित्व हुने संसदमा एमसिसिका बारेमा छलफल हुनैपर्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>