चितवन विशेष

बालबालिका तथा मानव बेचबिखनका सम्बन्धमा चितवनका पत्रकारलाई प्रशिक्षण

Banner

चितवन, फागुन ५ –
बालबालिका तथा मानव वेचविखन सम्बन्धी समाचारका सम्बन्धमा चितवनका पत्रकारलाई प्रशिक्षण दिइएको छ ।

कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) ले एक्प्याट लक्जम्बर्ग र शक्ति समूहसँगको समन्वयनमा आज बिहीबार भरतपुरमा पत्रकारहरुलाई प्रशिक्षण दिएको हो ।

कार्यक्रममा अधिवक्ता सुखदेव सापकोटा र सन्तोष महर्जनले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा बाल अधिकार, बाल संरक्षणका विषयमा समाचार तयार पार्दा ध्यान दिनुपर्ने कुराहरु सिकाइएको थियो ।

अहिलेको कानुनले बालबालिकाप्रति ककसको दायित्व हुने भनेर तोकेको छ । बालबालिकाप्रति एउटा परिवार वा संरक्षक, सरकार र सञ्चार क्षेत्रको दायित्व रहने तोकिएको छ । यससम्बन्धी प्रशिक्षणमा प्रकाश पारिएको थियो । प्रशिक्षणमा बालबालिकाका सम्बन्धमा सञ्चारमाध्यमको विशेष भूमिका कानुनले नै खोजेका हुनाले यसप्रति जानकार रहिरहन आग्रह गरिएको थियो ।

यस्तै मानव वेचविखनविरुद्धका घटनामा रिर्पाेटिङ्ग गर्दा सञ्चारमाध्यमले ध्यान दिनुपर्ने विषयमा सजग गराइएको छ । कार्यक्रममा सेलर्डका अफिसर जग्गनाथ सुवेदीले ‘सुरक्षाको लागि साथसाथ’ परियोजना जारी रहेको बताउँदै परियोजना अन्तर्गत आज पत्रकारहरुलाई प्रशिक्षण गराइएको बताए ।

सम्बन्धित समाचार :

बालगृहबाटै बालबालिका बेचबिखनको जोखिम, संरक्षणका लागि साथसाथ परियोजना जारी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>