मनोरञ्जन
गायक किरण पुन्जको गीत ‘अन्तिम इच्छा’ सार्वजनिक
०

चितवन, फागुन ५-
शास्त्रीय गायनका प्रशिक्षक किरण पुन्जले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात ‘अन्तिम इच्छा’ सार्वजनिक गरेका छन् ।
करिब १२ वर्ष पछि यहि गीत मार्फत गायक पुञ्जले गीत रेकर्डिङमा पुनरागमन गरेका हुन् ।
सेण्टिमेण्टल भर्सनको यस गीतमा गायक पुन्जका साथी राजेन्द्र वाइबाको शब्द, संगीत र संगीत संयोजन रहेको छ । म्युजिक भिडियोमा नायिका पूजा शर्मा र नायक पुष्प खड्का फिचर्ड छन् । बुद्ध थापाले छायाँकन गरेको यस भिडियोमा विकास धमलाको सम्पादन रहेको छ । निकेश खड्काको निर्देशनमा तयार पारिएको यस भिडियोलाई ‘ओएसआर डिजिटल’ नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























