Breaking News
कांग्रेस अरूजस्तो सरकारमा बस्दा एउटा, बाहिर बस्दा एउटा चरित्र देखाउँदैनः गगन थापा

काठमाडौं,फागुन ५-
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीले बोली फेरिरहने चरित्र नबोक्ने बताएका छन्। बिहीबार नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षित इतिहास (सिद्धान्त तथा नीतिको परिचयसहित)’ लोकार्पण कार्यक्रममा नेपाली कांग्रेसले आगामी चुनावमा आफ्नो पार्टीको परिचय कायम राख्नुपर्ने पनि उनले बताए।
अन्तर्राष्ट्रिय विश्वास कायम राख्न पनि कांग्रेसले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने धारणा थापाले राखेका थिए। ‘कांग्रेसको नेतृत्वले खुट्टा कमाउनु हुँदैन अहिले। पार्टीको निर्वाचनको क्षण, तत्क्षणको लाभ, हानी यी सबैकुरालाई बिर्सेर भए पनि आजको दिनमा नेपाली कांग्रेस पार्टीले आफ्नो परिचय कायम राख्नुपर्छ। नेपालको राष्ट्रिय हितको रक्षाका निम्ति कसले के भन्यो भन्ने कुरासँग होइन,’ उनले भने।
उनले सरकारमा बस्दा एउटा बोली र बाहिरिएपछि अर्को बोली फर्ने चरित्र नभएको बताएका हुन्।
























