Breaking News
एमसीसी राष्ट्रको हितमा छ,जसरी पास गरौँः प्रधानमन्त्री देउवा
०

काठमाडौं,फागुन ५-
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे संसदले नै फैसला गर्ने बताएका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बाल्दै प्रधानमन्त्री देउवाले एमसीसी पास गर्ने पक्षमा आफू रहेको तर संसदले पास या फेल जे गरेपनि स्वीकार गर्ने बताए ।
कार्यक्रममा उनले एमसीसी पास गर्ने पक्षमा रहन पार्टी पङ्तिहरुलाई निर्देशनसमेत दिएका थिए । उनले भने, ‘एमसीसी संसदमा पास र फेल के हुन्छ थाहा छैन । यद्यपि नेपली काँग्रेस भने जसरी पास गर्ने पक्षमा रहेको छ । एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन । यो राष्ट्रको हितमा छ । हामी आफ्नो अडानमा उभिएर जानुपर्छ।’
एमसीसी पारित गर्ने या नगर्ने भन्नेमा सत्ता गठबन्धनमै सहमति जुट्न सकिरहेको छैन । जसका कारण सत्ता गठबन्धननै खतरामा रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























