Breaking News

एमसिसिको विरोधमा चितवनमा राँके जुलुस, भोलि नेपाल बन्द (भिडियोसहित)

Banner

चितवन, फागुन ३ –
एमसिसिको विरोधमा आज मंगलबार साँझ नारायणगढमा राँके जुलुससहित प्रदर्शन गरिएको छ ।

एमसिसि खारेजी संयुक्त संघर्ष समिति चितवनको आयोजनामा आज नारायणगढको लायन्सचोकदेखि पुलचोकसम्म प्रदर्शन गरिएको थियो । लायन्सचोकबाट सुरु भएको जुलुस पुल्चोकमा गएर कोण सभामा परिणत भएको थियो भने पुन ¥याली नाराबाजी गर्दै लायन्सचोक फर्किएको थियो ।

बीचबीचमा प्रदर्शनकारीहरुले मसाल जलाएका थिए । मसाल जलाएपछि प्रहरीले खोसेर निभाएका थिए ।

प्रदर्शनमा नो एमसिसि, रिजेक्ट एमसिसि, गो ब्याक अमेरिका, भोलिको नेपाल बन्द सफल पारौं, राष्ट्रघाती देउवा सरकार राजीनामा दे, एमसिसि चाहिँदैन देश बेच्न पाइँदैन लगायतका नारा लगाइएका थिए ।

कोण सभालाई संवोधन गर्दै एमसिसि खारेजी संयुक्त संघर्ष समिति चितवनका सचिव पशुराम पौडेलले भोलिको नेपाल बन्द सफला पार्न आम जनता, यातायात व्यवासायीसहित विभिन्न व्यावसायीहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका भरतपुर महानगरपालिकाका अध्यक्ष दुर्गा सुवेदी, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य घननाथ सापकोटा ‘विकास’, विप्लव नेकपाका जिल्ला इन्चार्ज सन्देश पौडेल, त्रिमुल नेपाल पार्टीका केन्द्रीय परिषद् सदस्य नविन गैरे लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>