चितवन विशेष

सेन्ट्रल कलेजमा अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई सेमिनार, धमाधम भर्ना हुँदै विद्यार्थी

Banner

चितवन, फागुन ३ –
नारायणगढको सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङले अष्ट्रेलिया पढ्न जाने विद्यार्थीका लागि परामर्श दिएको छ ।

अष्ट्रेलियका कलेजहरु सिड्नी सिटी कलेज अफ मेनेज्मेण्टका सिइओ रञ्जु वाग्ले थापा र अष्ट्रेलियन इन्टरनेशनल कलेजका सिइओ नरेश थापाले विद्यार्थीहरुलाई परामर्श दिएका हुन् ।

सिइओ रञ्जु थापा वाग्लेले आफू २७ वर्षदेखि अष्ट्रेलियामा रहेको र अष्ट्रेलिया पढ्न र काम गर्न संसारकै उत्कृष्ट गन्तव्य रहेको बताइन् । सिड्नी सिटी कलेजमा अधिकांश विद्यार्थी नेपाली रहेको बताउँदै उनले उक्त कलेज नेपाली विद्यार्थीका लागि उपयुक्त भएको बताइन् । उनले विद्यार्थीहरुले राखेका विभिन्न जिज्ञासाको प्रतिक्रिया समेत दिएकी थिइन् ।

सेन्ट्रल कलेजका प्रबन्ध निर्देशक यज्ञविलास पौडेल (वाइबी) ले सेन्ट्रल कलेजले विगतका वर्षहरुमा विद्यार्थी जापान पठाउंँदै आएको र हाल अमेरिका, युके, क्यानडाका कलेज तथा युनिर्भसिटीमा विद्यार्थी पठाउन सुरु गरेको जानकारी दिए ।

यसअघि अष्ट्रेलियाका ५२ वटा कलेजसंँग सम्बन्धन र सहकार्य गरिसकेको बताउंँदै पौडेलले अष्ट्रेलियाका जुनसुकै शहरमा नेपालीले रोजेको बिषयमा पढ्न जान पाउने बताए । आगामी दिनहरुमा यस कलेजले अमेरिका, युके, क्यानडाका कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुलाई यहांँ ल्याएर परामर्श तथा डकुमेन्ट्स पूरा भएका विद्यार्थीहरुको लागि अन द स्पोट एडमिसन गरिने उनको भनाइ छ ।

पौडेलका अनुसार आजको सेमिनारमा अष्ट्रेलिया जाने प्रक्रिया पूरा गरिसकेका ११ जना विद्यार्थीले सिड्नी सिटी र अष्ट्रेलियन इन्टरनेशनल कलेजमा भर्ना प्रक्रिया सुरु गरेका छन् ।
५० जनाभन्दा बढी विद्यार्थीको उपस्थितिमा भएको सेमिनार आज दिनभर चलेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>