Breaking News

डिजिटल टिकट देखाए मात्र त्रिभुवन विमानस्थलमा प्रवेश

Banner

काठमाण्डौ, फागुन ३ –
त्रिभुवन विमानस्थलबाट यात्रा गर्ने आन्तरिक उडानतर्फका यात्रुले अब टिकट नम्बर मात्रै देखाएर प्रवेश नपाउने भएका छन् । अहिलेसम्म मोबाइलमा टिकट नम्बर मात्रै देखाए पुग्नेमा अब टिकट प्रिन्ट गर्नुपर्ने वा पूर्ण विवरणसहितको डिजिटल टिकट देखाउनुपर्ने विमानस्थल कार्यालयले जनाएको छ ।

केही यात्रुले १० अङ्कको ुप्यासेन्जर नेम रेकर्डु ९पीएनआर० मात्रै लिएर विमानस्थलमा जाँदा सुरक्षा संवेदनशीलता बढेको तथा यात्रुको विवरण सङ्कलनमा सुरक्षाकर्मीलाई अप्ठेरो भएको भन्दै प्रिन्ट टिकट बोक्न भनिएको विमानस्थलका महानिर्देशक भोलाप्रसाद गुरागाईंले बताउनुभयो ।

मोबाइलमा पीएनआर नम्बर मात्रै बोक्नेहरूलाई कडाइ गरिएको र डिजिटल टिकट नै हुनेहरूको हकमा भने प्रवेश नरोकिएको उहाँको भनाइ छ ।मोबाइलमा डाउनलोड गरिएको पूर्ण विवरणसहितको टिकट भएमा प्रिन्टलाई अनिवार्य नगरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>