चितवन विशेष

प्रथम सहिद कप्तान लखन थापा मगरको स्मृतिमा दीप प्रज्वलन

Banner

चितवन, फागुन ३—
फागुन २ गते नेपालका जनतान्त्रिक आन्दोलनका प्रथम सहिद कप्तान लखन थापा मगरको १४५ औं स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । सोही अनुसार नेपाल मगर संघ भरतपुर महानगरपालिका—२६ दिब्यनगर चितवनले दीप प्रज्वलन गरि प्रथम सहिद थापाको स्मरण गरेको छ । संघका अध्यक्ष टेक बहादुर थापा मगरको अध्यक्षतामा कोरोनाकाबीच सामान्य व्यक्तिहरुको उपस्थितिमा दिवस मनाइएको हो ।

अध्यक्ष थापामगरले सरकारले लखन थापालाई प्रथम सहिद घोषणा गरे पनि ब्यवहारमा कार्यान्वयन नगरेको बताउनुभयो । सहिद कप्तान लखन थापा मगरको क्रांन्तिकारी बाटोको उच्च सम्मान गर्नुभएको छ । राष्ट्र र जनताका लागि आफुलाई समर्पण गर्ने व्यक्तिको खाचो देशलाई परेको उहाँको भनाइ थियो । कोरोना भाइरस संक्रमणका कारण भव्य रुपमा स्मृति दिवस मनाउन नसकेको उहाँले बताउनुभयो । साथै स्मृति दिवसको सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको छ ।

हुकुमी निरुङ्कुस जहानीय राणा शासन बिरुद्ध बिद्रोह गर्दा लखन थाापा मगरले बिस १९३३ फाल्गुन २ गते साहदात प्राप्त गर्नुभएको थियो । निरंकुश राणा शासनको सुत्रधार कर्ता जंगबहादुरको राज्य सत्ता विरुद्द बि. सं . १९३२ मा चेतनाको दियालो बालेर लखन थापाको नेतृत्वमा जनस्तरबाट उठेको बिद्रोह नै नेपालको पहिलो राजनीतिक आन्दोलन हो ।

सबै किसिमका संगठनहरू खोल्न प्रतिबन्धित अवस्थामा गरिएको यो सांगठानिक बिरोधको परिणामस्वरूप लखन थापा, जयसिंह चुमी (राना), अच्छामी मगर र अन्य चारजना व्यक्तिहरू वि. सं . १९३३ फागुन २ गते जंगबहादुरको आदेशमा क्रुर्तापुर्बक झुन्ड्याइएका थिए । नेपालको राजनीतिक इतिहासमा पहिलो जनबिद्रोहको स्थान ओगट्न सफल यस बिद्रोहलाई दमन गर्ने सिलसिलामा झुन्ड्याइएका सात जना व्यक्तिहरू मध्य लखन थापा मगर सबैभन्दा पहिलो पटक डोरीमा झुन्ड्याइएकाले नै उहाँलाई पहिलो शहीद भनिएको हो ।

उहाँको स्मृतिमा गरिएको दीप प्रज्वलन कार्यक्रममा नेपाल मगर विध्यार्थी संघ भरतपुर २६ की उपाध्यक्ष अस्मीता थापा मगर, सचिव प्रतीक थापा मगर, सह सचिव अनिशा थापा मगर, आशा थापा मगर लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>