Breaking News

न्यायपालिकालाई कब्जा गर्न खोजिएको छ,हामी चुप लागेर बस्न सक्दैनौंः कृष्णभक्त पोखरेल

Banner

काठमाडौं,फागुन २-

नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले सर्वोच्च अदालतका अरु न्यायाधीशविरुद्ध पार्टीले महाअभियोग प्रस्ताव ल्याउने सम्भावना रहेको बताएका छन् । उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्तारुढ गठबन्धनका सांसदले दर्ता गरेको महाअभियोगका विरुद्ध पार्टीले अर्को महाअभियोग प्रस्ताव ल्याउन सक्ने बताए ।

‘हामी चुप लागेर बस्न सक्दैनौं, न्यायपालिकालाई कब्जा गर्न खोजिएको छ र नेकपा एमालेविरुद्ध प्रयोग गर्न खोजिएको छ । त्यो प्रयोगलाई रोक्नैपर्छ भन्ने निष्कर्ष छ’ पोखरेलले भने, ‘भोलिसम्म नेतृत्वले सल्लाह गरेर केही न केही थप आउने सम्भावना देख्छु । कति जना के त भन्न सकिने अवस्था छैन, केही न केही अगाडि बढ्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>