Breaking News

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक, एमाले सहभागी नहुने

Banner

काठमाडौँ, फागुन २-

आज दिउँसो २ बजेका लागि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसद्‌मा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको उनका प्रेस संयोजक श्रीधर न्यौपानेले बताए ।

त्यस्तै एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार दिउँसो २ बजे संसद् सचिवालय बैठकका विषयमा आफूहरूसँग कुनै सरसल्लाह नभएले प्रमुख प्रतिपक्ष एमाले सहभागी नहुने भएको हो।

सभामुखले यसअघि बोलाएका कुनैपनि बैठकमा हामी सहभागी भएका छैनौं र आज पनि नजाने भट्टराईले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>