Breaking News

गुड्न थाल्यो जनकपुर-जयनगर रेल (भिडियो)

Banner

जनकपुर,फागुन १-

जयनगर रेल आजदेखि सञ्चालनमा आएको छ। उद्घाटन नभएसम्म ‘ड्राइ रन’ (परीक्षण) गर्न रित्तो रेल आजदेखि नियमित चल्न सुरु गरेको हो। ‘ड्राइ रन’ गर्न दिनको एकपटक आजदेखि नियमित सञ्चालनमा आएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए।

२ असोज २०७७ मा भारतीय सरकारी कम्पनी कोकन रेल्वे कर्पोरेसनबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरी तामझाम सहित ल्याइएका दुई सेट रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको थियो। ६० नेपाली र १४ भारतीय कर्मचारी आजदेखि काममा खटिएका छन्। भारतको सीआरपीएल कम्पनीबाट २६ जना कर्मचारी आउने टुंगो लागेको छ। जसमा १४ जना भारतीय कर्मचारी आइसकेको र बाँकी उद्घाटनपछि आउने महाप्रबन्धक झाले बताए।

जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरको रेलमार्ग छ। एसी चलाएर आउँदा दैनिक २८० लिटर डिजेल लाग्ने अनुमान गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>